चेकोस्लोभाकियामा ९० वर्ष पहिले उत्पादन सुरू भएको जावा ब्रान्डका मोटरसाइकल क्लासिक, राम्रो इन्जिन क्षमता तथा अब्बल डिजाइनका कारण चर्चित छन्।
हाल नेपालमा ‘जावा’, ‘जावा-४२’, ‘जावा पेराक’ नामका तीन मोडलका मोटरसाइकल उपलब्ध छन्।
२९३ सिसी इन्जिन क्षमता भएको 'जावा' मा भने २७ बिएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ। यो मोडल बिएस-६ मापदण्डमा आधारित छ।
७६५ एमएम सिट हाइट भएको जावामा १,३६९ एमएम ह्विलबेस छ। यसमा सिंगल सिलिन्डर लिक्विड कुल एफ वान इन्जिन जडित छ।
’जावा’मा रेडिएटर पनि छ जसले इन्जिन धेरै तात्नबाट जोगाउँछ। बाइकको अगाडि २८० एमएमको डिस्क ब्रेक र पछाडि १५३ एमएमको ड्रम ब्रेक दिइएको छ।
कम्पनीका अनुसार जावा बाइक हाल बजारमा तीन रङमा उपलब्ध छ- कालो, मरून (कलेजी) र खरानी (ग्रे)।
यसमा १४.५ लिटर इन्धन ट्यांक छ। कम्पनीले जावाको सिंगल च्यानल एबिएसको मूल्य ७ लाख ५ हजार रूपैयाँ तोकेको छ। त्यस्तै, डुअल च्यानल एबिएसको ७ लाख ३६ हजार रूपैयाँ पर्छ।