टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज 'टाटा मोटर्स केयर प्लस' ल्याएको छ। टाटा मोटर्सले आफ्नो उत्पादन बिक्री पछि उत्कृष्ट सेवाहरूमा प्राथमिकता दिने गरेको छ।
केयर प्लस एक यस्तो मर्मत योजना हो जसले सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिन्छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ। यद्यपि, केयर प्लस हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध छ र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने योजनामा छ।
ग्राहकहरूले अब आफ्ना सवारी साधनहरूको सहज र समस्यामुक्त संचालन सुनिश्चित गर्न सक्नेछन्। यसका साथै केयर प्लसमा सवारी मर्मत, ह्विल अलाइनमेन्ट र सवारी साधनको धुलाईसहित निर्धारित सेवाहरू समावेश गरिएको छ। जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितीदेखि ३६५ दिनभित्र वा १५,५०० किलोमिटर गुड्नु अगाडि केयर प्लस खरिद गर्न सक्नेछन्।
केयर प्लस प्याकेज सिप्रदीको २४ वटै सेवा केन्द्रहरूमा उपलब्ध हुने बताइएको छ।
केयर प्लस प्याकेजको विवरण: