सेगवे-नाएनबटले नेपाली बजारमा विद्युतीय स्कुटर ई-१२५ सार्वजनिक गरेको छ। छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे-नाइनबटले मंगलबार आकर्षक र नयाँ शैलीको विद्युतीय ई-१२५ स्कुटर सार्वजनिक गरेको हो।
सेगवे विश्वव्यापी रूपमा लोकप्रिय र उच्च बिक्री हुने ई-स्कुटर ब्रान्ड हो। नेपालमा सेगवे ई-१२५ को बिक्री यही चैत १९ गतेदेखि वारेन्टी सहित सुरू भइसकेको छ। नेपालमा नाइनबटका लागि आधिकारिक बिक्रेता आई हब प्रालिले भविष्यमा सेगवेका अन्य लोकप्रिय मोडलहरू पनि सार्वजनिक गर्ने बताएको छ।
सेगवे ई-१२५ बारे:
विद्युतीय ई-१२५ स्कुटर संयुक्त राज्य अमेरिकाको मोबिलिटी इनोभेसन कम्पनी सेगवेको नव प्रवर्तनशील स्कुटर हो। सन् २०२० रेड डट डिजाइन अवार्ड विजेता यो विद्युतीय स्कुटर सेगवे नाइनबटद्धारा बनाइएको ई श्रृङखला अन्तर्गतको पहिलो स्कुटर हो।
यो विद्युतीय ई-१२५ स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्र्याक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरूले सुसज्जित छ। यसमा एन्टी थेप्ट प्रविधि समेत समावेश गरिएको छ।
प्रति घण्टा ७५ किलोमिटर सम्म कुद्ने सेगवे ई-१२५ मा अधिकतम २ हजार चार सय वाट बोस्च इलेक्ट्रिक मोटर छ। यसले दुई सय एनएमको अधिकतम टर्क जेनेरेट गर्छ।
ड्राइभिङ दायराका लागि ७४ भोल्ट र २७ एएच लिथियम ब्याट्री दिइएको छ। स्कुटर जम्मा ५ देखि ६ घण्टामा पूरा चार्ज हुन सक्छ। स्कुटरमा डबल ब्याट्रीको लागि समेत स्पेस दिइएको छ।
स्कुटर खरिदमा स्कुटरसँगै सिंगल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन्।
बोस्चको १० औं पुस्ताको डुअल च्यानल एबिएस ब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्छ। हेर्दा आकर्गक देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरू प्रदान गर्छ।
आइपिएक्स ५ वाटरप्रुफ सेगवे ई-१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ। साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरू कुदाउन सकिदैन, त्यहाँ सेग्वे ई-१२५ सजिलै चलाउन सकिने कम्पनीले दाबी गरेको छ।
सेगवे ई-१२५ सेतो र ग्रे गरी दुई भिन्न रंग विकल्पमा उपलब्ध छ। कम्पनीले यसको सुरुवाती बजार मूल्य ३ लाख ९१ हजार रुपैयाँ तोकेको छ।