स्पोर्टी लुक्स, क्रिस्टल लाइन डिजाइन, सेग्मेन्टकै सबैभन्दा सुरक्षित फिचर तथा ‘सिम्पली क्लेभर’ फिचरले भरिएको स्कोडा कोडियाक फेसलिफ्ट स्कोडा शोरुमहरूमा उपलब्ध भएको छ।
सन् २०१८ मा पहिलो पटक नेपालमा सार्वजनिक भएको कोडियाकलाई युरोपबाट सिधै नेपाल आयात गरिन्छ। ‘नयाँ स्कोडा कोडियाकमा सुन्दरता, आराम र इन्जिनको क्षमतालाई बलियो बनाइएको छ। सेग्मेन्टकै राम्रा फिचर र बेजोड सुरक्षाले कोडियाकलाई पूर्ण सुविधा सम्पन्न एसयुभी बनाएको छ, जुन दैनिक ड्राइभिङ र रोमाञ्चक अफरोड यात्रा दुवैका लागि उपयुक्त छ,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ स्कोडा सार्वजनिक गर्दै भने।
बाहिरी विशेषताः
स्कोडाले कोडियाकको लुक्समा विशेष परिमार्जन गर्नुका साथै एरोडायनामिक्सलाई पनि अप्टिमाइज गरिएको छ। साथै, यसको ग्रिलले कोडियाकलाई झन आकर्षक बनाएको छ। एड्याप्टिभ फ्रन्ट हेडलाइट र एलइडी हेडलाइट तथा फग लाइटले लाइटिङलाई राम्रो बनाएको छ।
उच्चस्तरीय इन्टेरियर:
स्कोडाले कोडियाक इन्टेरियरलाई डेकोरेटिभ स्ट्रिप, कन्ट्रास्टिङ स्टिचिङ र परिष्कृत एलइडी एम्बियन्ट लाइटिङ विशेषता दिएर नयाँ उचाइमा पुर्याएको छ। साथै, ठूला एसयुभीहरूमा पहिलो पटक एर्गोनोमिक, पर्फोरेटेड-लेदर सिटहरू राखिएको छ जसले हिटिङ अप्सनका साथै मल्टिवे इलेक्ट्रिक सिटको व्यवस्था गरेको छ। यसमा क्यान्टोन साउन्ड सिस्टम छ। यसको ड्यासबोर्डमा सेन्ट्रल स्पिकर र बुथमा सबवुफरको साथै अतिरिक्त दश स्पिकरहरू छन्।
पावरफुल डिजाइन:
१०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल कक्पिट दिइएको छ। कोडियाक अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको एसयुभी हो। यसको टोर्नाडो लाइनहरू, सटीक किनारहरू र क्रिस्टल लाइनले यसमा विशिष्ट स्टाइल थपेको छ। स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ।
इञ्जिन र ट्रान्समिशन:
१९६८ सिसी क्षमता भएको कोडियाकमा २.० टिडिआई डिजेल इन्जिन छ। जसले ३५०० आरपिएममा १५० पिएस र १७५० आरपिएममा ३४० एनएम टर्क जेनेरेट गर्छ। जसमा फोर व्हिलसहितको ७-स्पीड डुअल क्लच अटोमेटिक ट्रान्समिशन रहेको छ।
सुरक्षित र आरामदायी:
नयाँ कोडियाक अत्याधुनिक सुरक्षा किटहरूका साथ आउँछ, जसमा ९ एअरब्यागहरू, इबिडिका साथ एबिएस, ब्रेक असिस्ट, मल्टी कोल्लीशन ब्रेक, चौतर्फि पार्किङ सेन्सर र ब्लाइण्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन्।
कोडियाकले इलेक्ट्रिकल रूपमा एड्जष्ट गर्न मिल्ने प्यानारामिक सन-रुफका साथ नयाँ आयाम रचेको छ। यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ व्हील र अन्य चनाखो विशेषताहरुले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयुभी अनुभूति प्रदान गर्छ।
राइड र ह्याण्डलिङ:
स्कोडा कोडियाक ४ बाई ४ अल-व्हिल ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरूका साथ आउँछ। स्कोडाको लार्ज एसयुभी त्रिनिटी १८- इन्च व्हिल छन्। यसका साथै यो २०.३२ सिएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमा प्रोक्सीमिटी सेन्सर, भ्वाईस कमाण्ड कन्ट्रोल पनि छ।
यसमा पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि छ। यसको बुट स्पेस २७० लिटरदेखि २००५ लिटरसम्म बनाउन मिल्छ जुन कोडियाकको क्लासकै सबैभन्दा बढी हो। साथै यसमा किलेस इन्ट्री, स्टार्ट र स्टप बटन, भर्चुअल पेडल ओपन र क्लोज द बुट विशेषता पनि उपलब्ध छ।
नेपालमा कोडियाक स्टाइल भेरियन्टमा उपलब्ध छ। कम्पनीले नयाँ कोडियाकको सुरुवाती बजार मूल्य एक करोड ७१ लाख रुपैयाँ तोकेको छ।