भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढेको छ। नेपालको लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्सले बिहीबारदेखि लागु हुने गरी स्कुटरहरूको मूल्य बढाएको हो।
कम्पनीले हरेक मोडलको मूल्य दुई हजार रुपैयाँ बढाएको हो। तोकिएको मूल्यमा स्कुटर खरिद गर्दा कम्पनीले हेलमेट पनि दिने बताएको छ।
भेस्पाको सबैभन्दा सस्तो स्कुटर नोटे १२५ र एलएक्स १२५ हो। कम्पनीले यी दुई मोडलको मूल्य दुई लाख ८५ हजार ९४६ रुपैयाँ तोकेको छ।
त्यस्तै, यसको सबैभन्दा महँगो मोडल १५० सिसीको एलिगेन्ट हो। कम्पनीले यसको मूल्य चार लाख २९ हजार ९४६ रुपैयाँ तोकेको छ। अप्रिलियाको भने सबैभन्दा महँगो स्कुटर एसआरएक्स १६० बिएस-६ हो, जसको मूल्य कम्पनीले चार लाख ४६ हजार ९ सय रुपैयाँ तोकेको छ।
भेस्पा र अप्रिलिया स्कुटरको विभिन्न मोडलको नयाँ मूल्य तल सूचीमा दिइएको छ।
भेस्पाका विभिन्न मोडलको मूल्य यस प्रकारका छन्ः
मोडल | इन्जिन क्षमता | मूल्य |
भेस्पा नोटे | १२५ सिसी | २,८५,९४६ |
एलएक्स | १२५ सिसी | २,८५,९४६ |
भिएक्सएल | १२५ सिसी | ३,३५,९४६ |
भिएक्सएल | १५० सिसी | ३,८७,९४६ |
एसएक्सएल | १२५ सिसी | ३,४९,९४६ |
एसएक्सएल | १५० सिसी | ४,०३,९४६ |
एसएक्सएल म्याट | १२५ सिसी | ३,५१,९४६ |
एसएक्सएल म्याट | १५० सिसी | ४,०३,९४६ |
एलिगेन्ट | १५० सिसी | ४,२९,९४६ |
अप्रिलाको विभिन्न मोडलको मूल्यसूची यस प्रकारको छः
मोडल | इन्जिन क्षमता | मूल्य |
स्ट्रोम १२५ | १२५ सिसी | २,६५,९०० |
एसआर १२५ | १२५ सिसी | २,७२,९०० |
एसआर १५० | १५० सिसी | ३,२१,४०० |
एसआर १५० रेस | १५० सिसी | ३,४४,४०० |
एसआरएक्स १६० बिएस-६ | १६० सिसी | ४,४६,९०० |