एमभी दुगड ग्रुपले जोन डियर ट्र्याक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा भएको छ। कम्पनीले चन्द्रागिरि हिल्स काठमाडौंमा एक कार्यक्रमबीच सहयात्राको २० औं वर्ष मनाएको हो।
उक्त समारोहमा एमभी दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालिका १५० जनाभन्दा बढि कर्मचारीहरू तथा जोन डियर इन्डिया प्रालिका सेल्स एन्ड मार्केटिङ निर्देशक सत्यन शाह, क्षेत्रीय व्यवसाय प्रबन्धक (पूर्व क्षेत्र) अनुज पौल, नेपालका लागि व्यवसाय प्रबन्धक कस्तव गयन लगायतको उपस्थीति थियो।
दुई दिन चलेको उक्त कार्यक्रममा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डियरसँगको २० वर्षको सहयात्रा ऐतिहासिक र खुशीको भएको र सुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्र्याक्टर ब्रान्ड बनाउन सफल भएको बताए। उपाध्यक्ष विवेक दुगडले यो ट्र्याक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषताहरू सहित निर्माण भएको बताए।
जोन डियर इन्डिया प्रालिका सेल्स एन्ड मार्केटिङ निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठीत र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभी दुगड ग्रुपसँगको २० औं वर्षसम्मको सहयात्रा प्रभावकारी र रोमाञ्चक भएको बताए।
उक्त कार्यक्रममा एमभी दुगड ग्रुपमा लामो समयदेखि सेवारत कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो। साथै, उत्कृष्ठ कर्मचारीहरूलाई पनि अवार्ड वितरण गरिएको थियो।