नेपालको लागि होन्डा दुई पांग्रेको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले 'होण्डा छ साथ साथ' नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।
नेपाल अधिराज्यभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने सो योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत एक लाख रूपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ। साथै, उक्त योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक-एक जना गरी सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसङ ए-५० मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।
साथै, बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले सात लाख रूपैयाँको नगद उपहार पाउनेछन्। स्याकार इन्भेष्टमेन्ट मार्फत हुने एक प्रतिशत इएमआई पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुबैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ।
योजना २०७९ वैशाख २५ गतेदेखि जेठ १७ गतेसम्म लागू हुनेछ। नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।