टिभिएसका स्कुटर तथा मोटरसाइकलको मूल्य बढेको छ। नेपालका लागि टिभिएस आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
जसमा अधिकांश मोडलको मूल्य बढेको देखिन्छ।
सूचीमा सबैभन्दा धेरै टिभिएस रेडर १२५ मोटरसाइकलको मूल्य बढेको छ। यसको मूल्य दुई लाख ५६ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो।
स्कुटरमा एनटर्क १२५ ड्रम को मूल्य आठ हजार रुपैयाँले बढेको छ। त्यस्तै विगो एफआई आठ हजार रुपैयाँ र एनटर्क १२५ सुपर छ हजारले बढेको छ।
यस्तो छ कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची