अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरस्थित सातदोबाटोमा सोरुम सञ्चालन ल्याएको छ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरूका लागि आधुनिक सुविधाहितको सोरुम सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ।
टाटा मोटर्स र सिप्रदी टेडिङको प्रतिबद्धता अनुसार आफ्नो सञ्जाल नेपालभर फैलाउने क्रममा उक्त सोरुम सञ्चालनमा ल्याइएको बताएको छ।
कार्यक्रममा टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्तजङ सिजापती, लगायत व्यक्तिको उपस्थिति थियो।
उक्त सोरुममा टाटा मोटर्सका नयाँ बिएस-६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने कम्पनीले बताएको छ।