ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुपले नेपालभर विद्युतीय दुई पाङ्ग्रे सवारी साधन, चार्जिङ ग्रिड र ब्याट्री स्वापिङ स्टेशन सञ्चालनका लागि वृद्धि-शशीला इलेक्ट्रिकसँग रणनीतिक साझेदारी गरेको छ।
कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार यस सम्झौताले वातावरण मैत्री यातायात समाधानहरूका लागि नेपाली उपभोक्ताहरूको आवस्यकता अनुसारको स्कुटर भित्र्याउने भएको हो।
५० भन्दा बढी देशहरूमा चार दशकको विशेषज्ञता र उपस्थितिबाट परिमार्जित ओइजिजीको पछिल्लो उत्पादन ओकाया इभीले आइओटी नेपालमा नयाँ, शक्तिशाली, र बहुउपयोगी हुनेमा कम्पनी विश्वस्त छ।
यी स्कुटरहरूमा ४.४ किलोवाट क्षमताको ब्याट्री राखिएको छ। जसले एक पटकको चार्जमा १४० देखि १७० किलोमिटरसम्मको माइलेज दिन्छ। यसबाहेक कम्पनीले स्कुटरको सम्पूर्ण विशेषताहरू भने सार्वजनिक गर्न बाँकि छ।
शशीला मोटर्स कमर्सियल गाडीको क्षेत्रको अग्रणी डिलरशिप हो, जसले सञ्चालनको सात वर्ष भित्र ६ हजारभन्दा बढी गाडी बिक्री गरेको छ। नयाँ उत्पादनलाई बजार विस्तारमा शशीला मोटर्सले सकारात्मक भूमिका निर्वाह गर्नेमा ओकाया इनर्जी सकारात्मक छ।