यातायात व्यवस्था विभागले आगामी साउन १ गतेसम्म गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सबै सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताएको छ।
मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले तीन किसिमका सवारीले मात्रै साउन १ गते अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताए।
महानिर्देशक नमराजका अनुसार जसले गत मंसिर १ गतेपछि नयाँ सवारी खरिद गरेका छन्, उनीहरूले साउन १ गतेभन्दा अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ।
त्यस्तै, गत फागुन १ गतेभन्दा पछाडी पुराना सवारी खरिद गरी नामसारी गरिएको छ भने ती सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। गत जेठ १ गतेपछि नवीकरणका लागि गएकारूले पनि साउन १ सम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ।