नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ योजना ल्याएको थियो।
कम्पनीले आफ्ना ग्राहकहरूका लागि 'बजाज पाँचको पन्च' नामक ग्राहक योजना सार्वजनिक गरेको थियो। यो योजनाअन्तर्गत ग्राहकहरूले पाँच पटकसम्म विभिन्न सुविधा र नगद जित्ने मौका पाउँने बताइएको थियो।
गत जेष्ठ २७ गते सोही योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको छ। बम्पर पुरस्कारमा उर्लाबारीकी तुलसा देवी अधिकारीले १० लाख रूपैयाँ नगद पुरस्कार जितेकी छन्।
तुलसा देवीले उर्लाबारीस्थित श्री गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गरेकी थिइन्।