जगदम्बा मोटर्सले नेपाली बजारमा टिभिएसको नयाँ बाइक सार्वजनिक गर्ने भएको छ। कम्पनीले टिभिएस अपाचे आरटिआर १६० ४भी आरटिएफआई तथा बिएस-६ को नयाँ मोडल सार्वजनिक गर्ने भएको हो।
बिएस-६ मा आधारित नयाँ अपाचेमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष ३ राइड मोड (रेन, अर्बन र स्पोर्ट मोड) छन्। यो विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ।
यसैगरी, यस बाइकको अर्को सशक्त पक्ष भनेको रेस ट्युन्ड फ्युल इनजेक्सन (आरटिएफआई) टेक्नोलोजी युक्त बिएस-६ कम्प्लायट इन्जिन हो। अटोमोबाइल जगतमा आरटिएफआई टेक्नोलोजिलाई निकै उत्कृष्ट मानिन्छ। यसैगरी बिएस-६ कम्प्लायन्ट इन्जिन सहितको अपाचे आरटिआर नेपाली बाइक प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको पाइन्छ।
यस आरटिएफआई टेक्नोलोजी युक्त इनजिन्ले माइलेजमा वृद्धि गर्छ भने बिएस-६ कम्प्लायन्ट इन्जिन वातावरण मैत्री हुन्छ। यसले टिभिएसको रेसिङ डिएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ।
बाइकमा स्मार्ट कनेक्स सुविधा पनि दिइएको छ। जसको सहायताले बाइकमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग, लिन एंगल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन्। यसले गर्दा बाटोमा यात्रा गर्दा अरु सामान्य बाइक भन्दा अतिरिक्त फाइदा दिन्छ।
जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ टिभिएस अपाचे आरटिआर १६० ४भी आरटिएफ भोलि (बिहीबार)देखि सार्वजनिक गर्दैछ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसको दुई पाङ्ग्रेको लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ।
कम्पनीले गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चात्को सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरूको उपलब्धता गराइरहेको छ।