यातायात व्यवस्था विभागले अब एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एकपटक मात्रै सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदन दिन मिल्ने व्यवस्था गरेको छ।
एकै व्यक्तिले पटक पटक फारम भरेको पाइएपछि यस्तो व्यवस्था गरिएको यातायात व्यवस्था विभागले बताएको छ।
आवेदन दिँदा विवरण गलत भइ सच्याउन परे आफूले आवेदन दिएको यातायात कार्यालयमा सम्पर्क गर्नसमेत विभागले सुझाएको छ।