टिभिएस अपाचे आरटिआर १६० ४-भी आरटिएफआईको औपचारिक बिक्री आजबाट सुरू भएको छ।
ललितपुरस्थित महालक्ष्मी स्थानमा रहेको टिभिएस वितरक युनिराइड मोटर्स प्रालिले आजबाट नयाँ मोडलको बाइकको आधिकारिक बिक्री सुरू गरेको हो। त्यस्तै रेस अटाे कुमारीपाटिले पनि बिक्री सुरू गरेकाे हाे।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ तथा नेपाली मोटो भ्लगर र जगदम्बा मोटर्सका प्रतिनिधिहरूको उपस्थितिमा बिक्री सुरू गरेका थिए।
यो बाइकमा रेन, अर्बन र स्पोर्ट गरी तीन राइड मोडहरू छन्। यो विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ।
यसैगरी, यस बाइकको अर्को सशक्त पक्ष भनेको रेस ट्युन्ड फ्युल इनजेक्सन (आरटिएफआई) टेक्नोलोजी युक्त बिएस-६ कम्प्लायन्ट इन्जिन हो। अटोमोबाइल जगतमा आरटिएफआई टेक्नोलोजिलाई निकै उत्कृष्ट मानिन्छ। यसैगरी बिएस-६ कम्प्लायन्ट इन्जिन सहितको अपाचे आरटिआर नेपाली बाइक प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको पाइन्छ।
यस आरटिएफआई टेक्नोलोजीयुक्त इनजिनले माइलेजमा वृद्धि गर्छ भने बिएस-६ कम्प्लायन्ट इन्जिन वातावरण मैत्री हुन्छ। यसले टिभिएसको रेसिङ डिएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ।
बाइकमा स्मार्ट कनेक्सन सुविधा पनि दिइएको छ। जसको सहायताले बाइकमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ।यसले गर्दा बाटोमा यात्रा गर्दा अरू सामान्य बाइक भन्दा अतिरिक्त फाइदा दिन्छ।
जगदम्बा मोटर्सले यो नयाँ बाइकको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ।