सिप्रदी ट्रेडिङ प्रा.लि. र सिप्रदियन सहायता संस्थाको सहकार्यमा गत असार १ गतेदेखि असार ९ गतेसम्म आयोजना भएको राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ।
देशभरी फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट आठ सय ९५ जना टाटा कमर्सियल गाडीका चालकहरूले सहभागीता जनाएको उक्त कार्यक्रमा बिएस-४ प्रविधिसम्बन्धि छलफल भएको थियो।
साथै, सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउँदा चालकहरूले के-कस्ता कुराहरूमा ध्यान दिँदा गाडीको कार्य क्षमता वृद्धि गर्न सकिन्छ ,गाडीको आयु बढाउन के गर्नु पर्छ तथा के गर्नु हुँदैन, गाडी संचालन खर्चलाई न्यूनिकरण गर्ने उपाय आदि कुराहरू तालिममा समेटिएको थियो।