नेपालमा चेरी कारको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गो-७ प्रो औपचारिक रुपमा सार्वजनिक गरेको छ।
प्रो सिरिजको आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त यो एसयुभी थापाथली सोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।
चेरी प्रो फेमिली सिरिजको नयाँ मोडल चेरी टिग्गो-७ प्रो उत्कृष्ट डिजाइन, समृद्ध प्राविधिक सक्षमता र सुरक्षित तथा आरामदायी ड्राइभिङ अनुभवका लागि परिचित छ।
यसमा भएको इन्जिनले १४७ पिएस पावर र २१० एनएम टर्क जेनेरेट गर्छ। सो इन्जिन ९ स्पिड सिभिटी गियरबक्ससँग जोडिएको छ। यसले गर्दा सुस्त र तीव्र दुवै स्पिडमा लगातार रुपमा उच्च पावर प्रदान गर्छ।
गाडीको आन्तरिक डिजाइन पनि आकर्षक छ। लेदर सिट सहितको ब्ल्याक-बेज थिममा आधारित क्याबिन छ। फ्रन्टमा सिक्स-वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट छ भने प्यासेन्जर सिट फोर-वे इलेक्ट्रिकल्ली एड्जस्टेबल छ। यसमा थप फिचरको रुपमा प्यानोरामिक सनरुफ छ।
नयाँ टिग्गो-७ मा ७ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, १०.२५ इन्चको एचडी सेन्ट्रल कन्ट्रोल र एसी टचस्क्रिन सहितको ड्यासबोर्ड छ, जुन सबै इन्टरकनेक्टेड भएकाले प्रयोगकर्ताका लागि अझै इन्टेलिजेन्ट अनुभव गराउँछ। यो गाडीमा ब्लुटुथ कनेक्टिभिटी, फिंगरटिपबाटै कन्ट्रोल गर्न सकिने क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल जस्ता विभिन्न अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्।
यसमा फोर एड्जस्टमेन्ट सेटिङ गर्न सकिने मल्टी फङ्सन स्टेयरिङ ह्विल छ भने वायरलेस चार्जर समेत उपलब्ध छ। यसमा भएको ३६० डिग्री क्यामेराको प्रयोग गरी गाडीको चारैतिरको अवस्था थाहा पाउन सकिन्छ। गाडीमा भएको ब्याकअप क्यामेराका कारण पार्किङ सहज हुन्छ।
कम्पनीले टिग्गो-७ को निर्माण समय सुरक्षालाई समेत थप प्राथमिकतामा राखेको छ। यसमा भएको ६ एयरब्याग, इबिडी र बिए सहितको एबिएस, इएसपी, टिसिएस, एचएसी, एचडिसी आदिले ड्राइभिङ अनुभवलाई अझै सुरक्षित बनाउँने कम्पनीको दाबी छ।
टिग्गो-७ प्रो तीन ड्युअल टोन र सात मोनोटोन रंग विकल्पमा उपलब्ध छ। ड्युअल टोनमा ब्ल्याक एन्ड रेड (कालो र रातो), ह्वाइट एन्ड ब्लु (सेतो र निलो) र ब्ल्याक एन्ड ह्वाइट (कालो र सेतो) विकल्पमा उपलब्ध छ भने मोनोटोनमा ब्लु (निलो), जेड ब्लु (निलो), ज्वेल रेड (रातो), सिल्भर, ग्रे, ब्ल्याक (कालो) र ह्वाइट (सेतो) रंग विकल्पमा उपलब्ध छ।
कम्पनीले नेपाली बजारमा टिग्गो-७ प्रोको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ।