साझा यातायातले बिजुली बस सञ्चालनका लागि चालक र सह-चालक दुवै महिला राख्ने भएको छ।
महिलाहरूलाई प्राथमिकता दिने उदेश्यले तालिम सञ्चालन गरिरहेको साझाले जनाएको छ।
साझाका अनुसार हाल चार जना महिला चालक र पाँच जना सह-चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा व्यवस्थाबारे तालिम दिइरहेको छ।