टाटा मोटर्सले नेपाली बजारमा नयाँ विंगर बिएस-६ सार्वजनिक गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ विंगर बिएस-६ सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार 'प्रिमियम टफ' ढाँचामा तयार पारिएको यो गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरूलाई उपयुक्त हुन्छ।
२.२ लिटरको डाइकोर इन्जिन जडित विंगर बिएस-६ को टर्क अत्यन्त प्रभावकारी छ। त्यसैगरी, इको स्विच एवम् गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने कम्पनीको भनाइ छ।
हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवम् मोनोसक च्यासिस जस्ता विशेषता भएको यो गाडीले आरामदायी यात्राको प्रत्याभूति दिने बताइएको छ। सुरक्षित यात्राको लागि विंगर स्कुलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ प्रणाली जडान गरिएको छ।
साथै, कम भन्दा कम खर्चमा आफ्नो व्यापार/व्यवसाय अभिवृद्धि गर्न चाहनेहरूको लागि यो गाडी अत्यन्त उपयोगी हुने कम्पनीको भनाइ छ।