फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरी रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप-२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्।
मंगलबारबाट सुरू हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रजिस्टार गरी सहभागी हुन सक्नेछन्।
यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनौट गरिने कम्पनीले बताएको छ।
प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एक जना अर्को व्यक्तिसँग कतारमा हुने विश्वकप लाइभ हेर्न पाउनेछन्। यसरी जम्मा चार जना हुन्डाईको स्पन्सरसीपमा कतार जान पाउने भएका हुन्।
हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याइएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले संयोजन गरेको छ।
यस अफरमार्फत कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत पर्यावरण दिगोपनको लागि सबैलाई जोड्ने लक्ष्य राखेको छ।
साथै, फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने उद्देश्यले पनि यो अफर ल्याइएको कम्पनीले बताएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले नेपालभर १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरूलाई आफ्नो सेवा पुर्याइरहेको छ।