सिप्रदी ट्रेडिङले लोकोन्याभ नेपाली बजारमा बिक्री-वितरण सुरू गरेको छ। लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो, जसले गाडीहरूलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पुर्याउँछ।
गाडीको ट्र्याकिङ, इन्धन सुपरिवेक्षण र भिडिओ टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अत्यन्त उपयुक्त रहेको बताइएको छ।
'सिप्रदी ट्रेडिङले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरूको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवम् सोसम्बन्धी व्यापारको क्षेत्रमा आफूलाई सशक्त ढंगले अगाडि बढाइरहेको छ,' सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, 'यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ। जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ।'
उनका अनुसार लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ।
लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो जुन विश्वका उदियमान एवम् गतिशील बजारहरूका चालक एवम् गाडी धनीहरूको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउनेतर्फ केन्द्रीत छ।
विश्वका ५० भन्दा बढी मुलुकहरूमा भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी सञ्चालनको प्रभावकारी व्यवस्थापन गर्न सकिने छ।
नविन प्रविधिहरूको प्रयोगमा बनेको यस प्लेटफर्मले गाडी धनी र चालकहरूलाई कमभन्दा कम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्ने कम्पनीले बताएको छ।