नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले एक्सचेन्ज विक (हप्ता) आयोजना गरेको छ।
थापाथलीमा अवस्थित चेरीको फ्ल्यागसिस सोरुममा आज (सोमबार)देखि सुरू भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्नेछ।
एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिनेछ। सो अवसरमा ४ लाख रुपैयाँसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।
त्यसैगरी, पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस एक लाखसम्म उपलब्ध हुनेछ भने एक्सचेन्ज बोनस पनि एक लाखसम्म उपलब्ध हुनेछ।
ग्राहकलाई एक वर्षको इन्स्योरेन्स र एक वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ। समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ।