सिप्रदी अटोपार्टस् र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभर रहेका १२ सयभन्दा बढी मेकानिकहरूको सीप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ।
उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर पहिलो, बुटवलका अम्बर गुरुङ दोस्रो र काठमाडौंका डेम लामाले तेस्रो स्थानमा परेका छन्।
प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो। पहिलो चरणमा दुई सय र दास्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता थियो।
यस कार्यक्रमको उद्देश्य टाटा मोटर्सका गाडीहरूलाई देशको जुनसुकै ठाउँमा जुनसुकै बेला सजिलैसँग सर्भिस गराउनु सक्नु रहेको कम्पनीको भनाइ छ। जसमध्ये टाटा गुरू कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको र तिनै टाटा गुरुहरूलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै आइएको छ।
बजारमा रहेका टाटा गुरुहरूको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरूको पहिचान गर्नका लागि टाटा गुरुहरूको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमको नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले बताए।
साथै, यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने उनले बताए।
तीन सयभन्दा बढी मेकानिकहरूको सहभागीता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरू पुरस्कृत भएका छन्।
उक्त कार्यक्रममा सहभागी सम्पूर्ण मेकानिकहरूले टाटा मोटर्सले आफूहरूलाई उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा खुशी व्यक्त गरेका छन्।