राइड सेयरिङ प्लेटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालन ल्याएको छ। यस अभियानअन्तर्गत पठाओ एप मार्फत गरिने सेवामा विभिन्न ५ वटा सुविधाहरू सेवाग्राही र राइडर, क्याप्टेन र फुडम्यानले पाउने व्यवस्था गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमााले जानकारी दिइन्।
‘पठाओ कवच’ अन्तर्गत हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू छन्। यसमा २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प छ। हरेक राइड सिस्टममा ट्रयाक हुनुका साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने सुविधा छन्।
उक्त अभियानअनुसार, हरेक यात्रामा १ लाखसम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमा सुबिधा उपलब्ध छ। जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा रहेको दावी कम्पनीको छ।
पठाओमा कागजात प्रमाणीकरण र तालिम पश्चात् मात्रै राइडहरूले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको बताइएको छ।
पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सै घण्टा कल–सेन्टरमा सम्पर्क गरेर गुनासो तथा उजुरी गर्न सकिन्छ। २४ सै घण्टा कल सेन्टरबाट पठाओको सेवाका बारेमा आवस्यक जानकारी समेत लिन सकिने प्रवक्ता हमालले बताइन्।
यस्तै, पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि छ। पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ जस कारण कुन राइड कता गइरहेको छ भन्ने सबै विवरण एपमा लाइभ जानकारी हुन्छ।
अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुबिधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षित र सुनिश्चित नहुने हमालको भनाइ छ।