सिप्रदी ट्रेडिङले नेपाली बजारमा विद्युतीय नेक्सन बिक्री-वितरण प्रारम्भ गरेको एक वर्ष पूरा भएको छ। विद्युतीय नेक्सनको उत्पादन भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सद्वारा गरिएको हो।
एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ। मुलुकको विद्युय गाडीको कुल बजारको बढी हिस्सा नेक्सनले नै ओगटेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार यो सफलताको प्रमुख कारण विद्युतीय नेक्सनको आकर्षक बनावट, समुन्नत जिपट्रोन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता हो। द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र उच्च सुरक्षा यसको थप विशेषताहरू हुन्।
'फास्ट चार्जिङ' र 'स्लो चार्जिङ' दुवैको लागि चर्जिङ स्टेसनको वृहत सञ्जाल एवम् अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि विद्युतीय नेक्सनले आफूलाई सर्वोत्कृष्ट सावित गर्न सक्षम भएको हो।
यो गाडीलाई नेपालकै पहिलो एवम् स्मार्ट इभी चर्जिङ एप (इजी एप) मार्फत चार्ज गर्न सकिछ। यो एपको प्रयोग हाल एक हजारभन्दा बढी परिवारहरूले गरिरहेको कम्पनीले जनाएको छ।
दक्ष कर्मचारी एवम् भौतिक संशाधनहरूको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरूले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको छ।
यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल रहेको छ भने यसले हालसम्म होटल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरूमा १२० भन्दा बढी एसी चार्जरहरू जडान गरिसकेको छ।