जगदम्बा मोटर्सले आफ्नो नयाँ 'बब्बाल फाइनान्स अफर' सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले टिभिएस मोटरसाइकल र स्कुटर खरिदमा २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम इएमआई क्रमशः जुपिटरमा तीन हजार नौ सय आठ रुपैयाँ, एनटीओआरक्यु इस्क्वाड इडिसनमा पाँच हजार दुई सय ५४ रुपैयाँ र अपाचे आरिटआर २००४ भीमा छ हजार आठ सय २२ खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
त्यसैगरी, कम्पनीका अनुसार ग्राहकहरूले अपाचे आरटिआर २०० ४-भी को नगद खरिद गरेपछि टिभिएस रेसिङ ज्याकेट निःशुल्क प्राप्त गर्नेछन्।
यस्तै, पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ खरिद गर्दा बजारकै उत्कृष्ट मूल्यांकन गर्ने कम्पनीको भनाइ छ। यो योजनाअन्तर्गत कागजात प्रक्रियामा समस्या नआउने कम्पनीले बताएको छ।
टिभिएसका प्रबन्ध निर्देशक दीपक रौनियारले फाइनान्स योजनाले ग्राहकलाई टिभिएस खरिद गर्न अझ सजिलो हुनुका साथै नयाँ टिटिएस मोटरसाइकल र स्कुटर खरिद गर्दा आर्थिक भार समेत कम हुने बताए।
जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १३७ भन्दा बढी डिलरहरू छन्।