विराटनगरमा टिभिएसको अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न भएको छ।
टिभिएसले आफ्नो ग्राहकको लागि एओजी नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ।
शनिवार सो राइड विराटनगर महेन्द्र चोकबाट सुरू भएर नेताचोक–विराटचोकदेखि इटहरी–इनरूवा हुँदै कोशी टप्पुस्थित अकवा बर्ड ईको रिसोर्टसम्म ३५ सहभागीहरूलाई टिभिएसले पुर्याएको थियो।
विभिन्न पेशाका सहभागीहरूले भाग लिएको एओजीमा सहभागीको लागि २०० भन्दा धेरै आवेदन फारम भरेपछि चयन प्रक्रियामा ३५ जना चयन भएका थिए।
विराटनगरमा भएको यो संस्करणका लागि दर्ता गरेका बाँकी राइडरहरूलाई टिभिएसले विराटनगरकै भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ।
टिभिएसले आफ्नो ग्राहकका लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइड सञ्चालन गरिरहेको बताएको छ।
टिभिएसले विराटनगरसँगै अरु ठाउँमा पनि एओजी राइडका लागि दर्ता प्रक्रिया खुला गरिसकेको छ र नेपालको विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गरी सकेको बताएको छ।
यो राइड अनुभवी मार्सलहरूको निगरानीमा भएको थियो। जसमा राइडरहरूलाई रोड सेफ्टीजस्ता विभिन्न प्रशिक्षण दिएको थियो।
यो राइडरमा सहभागीहरूका लागि टिभिएसले विभिन्न रोमान्चक खेलको आयोजना पनि थियो र बिजेताहरूलाई पुरस्कार तथा सबै सहभागीहरूलाई उपहार र प्रमाण पत्र वितरण गरेको थियो ।
यसका साथै राइडरहरूले रिसोर्टको नजिकै हात्तीलाई खुवाउने मौका समेत पाएका कम्पनीले बताएको छ।