जिडब्लुएम नेपालले कम्प्याक्ट पिकअप ट्रक विंगल ५ सार्वजनिक गरेको छ। कम्पनीले नेपालमा आफ्नो लोकप्रिय पिकअप ट्रक विंगल ५ सार्वजनिक गरेको हो।
यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जिडब्लुएमद्वारा सन् २००६ डिसेम्बरमा निर्माण तथा मार्केटिङ गरको थियो। यो विदेशी बजारमा निर्यात र अष्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो।
नेपालमा उपलब्ध हुने विंगल ५ मा १०५ किलोवाट पावर र ३०५ एनएम टर्क क्षमता प्रदान गर्ने नयाँ २.० लिटर टर्बो-डिजेल इन्जिन जडित छ। विंगल ५ मा स्तरीय अलोय ह्विल, रेडियो, विद्युतीय विन्डोज, लेदर-ट्रिम गरिएको सिट, रिअर डिफरेन्सियल लक, टिपिएमएस र अटो-एयर कन्डिसनलगायत विशेषताहरू छन्।
यसमा अगाडिको भागमा स्टाइलिश ग्रिल डिजाइन भएको डिआरएल छ। यसको बाह्य साइड ऐनाहरूमा टर्न इन्डिकेटर जस्ता सुविधाहरू पनि समावेश गरिएको छ। गाडीलाई ह्यालोजेन बत्तीहरूको साथ डिजाइन गरिएको छ।
नेपाली बजारमा विंगल ५ स्काई सिल्भर, पर्ल ब्ल्याक (कालो) र टाइटेनियम ह्वाइट (सेतो) गरी तीन विभिन्न रंगमा उपलब्ध हुनेछ। कम्पनीले यो नयाँ कम्प्याक्ट पिकअप ट्रक विंगल ५ को नेपाली बजार मूल्य ५२ लाख ४९ हजार रुपैयाँ तोकेको छ।
जिडब्लुएमको लागि नेपालको आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रालि हो। कम्पीले हालसम्म नेपाली बजारमा हाभल एच-६, हाभल जोलायन र पावर जस्ता लोकप्रिय ग्लोबल मोडलहरू बिक्री गरिरहेको छ।