पछिल्लो समय टाटा नेक्सन नेपालको नम्बर एक एसयुभी बन्न सफल भएको छ।
निरन्तर उत्कृष्टताका नयाँ/नयाँ रेकर्ड कायम गर्दै टाटा मोटर्सको यस नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भइसकेको छ।
आइसी र इभी जस्ता मोडलहरूमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको कम्पनीले बताएको छ।
सेडान र ह्याचब्याक श्रेणीका गाडीहरूभन्दा एसयुभी बढी शक्तिशाली एवं आकर्षक रहेकाले यो नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल रहेको छ।
यो गाडीमा मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा जस्ता विशेषता रहेको कम्पनीले बताएको छ।
यसले ग्राहकहरूको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरूलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार १२ सय सी.सी को रेभोट्रन पेट्रोल इन्जिन र १५ सय सी.सी को डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता अद्धितीय छ ।
२०९ मिलिमिटर लामो 'ग्राउंड क्लेरेन्स' सहित ६ वटा म्यानुएल र स्वचालित गियरले सुसज्जित यो चार पांग्रे नेपाली सडकमा सुहाउँदो पनि छ।
त्यसैगरी, सन् २०२१ जुलाईको २७ तारिखमा नेपालमा बिक्री वितरण आरम्भ गरेको नेक्सन इभी (विद्धुतीय गाडी) ले विशेषत पर्यावरणीय दृष्टिकोणले सचेत नेपाली ग्राहकहरूको मन र मष्तिस्कमा अमेट्य छाप छोड्न सफल भएको कम्पनीले बताएको छ।
१८ भन्दा बढी फास्ट चार्जिङ र १२० भन्दा बढी स्लो चर्जिङ सञ्जालहरू सहित यस इभीले नेपालमा पहिलो र एक मात्र इजी चर्जिङ एपको सुविधा प्रदान गरिरहेको छ ।
नवीनतम सोच र समुच्च प्रणालीको समिश्रण नेक्सन इभीले सरल, सहज र सुन्दर यात्राको प्रत्याभूति दिइरहेको कम्पनीको भनाइ छ।