नेपाली बजारमा भेस्पा र अप्रिलियाको मूल्य बढेको छ। नेपालको लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्सले गत भदौ १ गतेदेखि लागु हुने गरी स्कुटरहरूको मूल्य बढाएको हो।
कम्पनीले हरेक मोडलको मूल्य छ हजार रूपैयाँदेखि सात हजार पाँच सय रूपैयाँसम्मले बढाएको हो। तोकिएको मूल्यमा स्कुटर खरिद गर्दा कम्पनीले हेलमेट पनि दिने बताएको छ।
यतिबेला नेपाली बजारमा भेस्पाको ९ मोडल र अप्रिलियाको ५ वटा मोडलका स्कुटरहरू बिक्री हुँदैछ। भेस्पाको भिएक्सएल १५०, एसएक्सएल १५०, एसएक्सएल १५० म्याट र एलिगेन्टको मूल्य सात हजार पाँच सय रूपैयाँ बढाइएको हो भने बाँकी मोडलको मूल्य छ हजार रूपैयाँ बढाइएको हो।
त्यसैगरी, अप्रिलिया एसआर १५०, एसआर १५० रेस र एसएक्सआर १६० बिएस-६ को मूल्य सात हजार पाँच सय रूपैयाँले बढाइएको हो। यीबाहेक अप्रिलिया स्टोर्म १२५ र अप्रिलिया एसआर १२५ को मूल्य छ हजार रूपैयाँले बढाइएको छ।
भेस्पाको विभिन्न मोडलको नयाँ मूल्य तल सूचीमा दिइएको छः
मोडल | इन्जिन क्षमता | मूल्य |
भेस्पा नोटे | १२५ सिसी | २,९१,९४६ |
एलएक्स | १२५ सिसी | २,९१,९४६ |
भिएक्सएल | १२५ सिसी | ३,४१,९४६ |
भिएक्सएल | १५० सिसी | ३,९५,४४६ |
एसएक्सएल | १२५ सिसी | ३,५५,९४६ |
एसएक्सएल | १५० सिसी | ४,११,४४६ |
एसएक्सएल म्याट | १२५ सिसी | ३,५७,९४६ |
एसएक्सएल म्याट | १५० सिसी | ४,१३,४४६ |
एलिगेन्ट | १५० सिसी | ४,३३,४४६ |
अप्रिलाको विभिन्न मोडलको मूल्यसूची यस प्रकारको छः
मोडल | इन्जिन क्षमता | मूल्य |
स्ट्रोम १२५ | १२५ सिसी | २,७१,९०० |
एसआर १२५ | १२५ सिसी | २,७८,९०० |
एसआर १५० | १५० सिसी | ३,२८,९०० |
एसआर १५० रेस | १५० सिसी | ३,५१,९०० |
एसआरएक्स १६० बिएस-६ | १६० सिसी | ४,५४,४०० |