टिभिएस आरटिआर १६०-४भी एफआइले नेपाली बजारमा चर्चा कमाइरहेको छ। १४६ किलोग्राम तौल भएको यो बाइकमा एबिएससहितको डिस्क ब्रेक छ।
यसमा स्पोर्ट्स, अर्बर र रेन भनेर तीन वटा ड्राइभिङ मोड छन्।
१५९.७ सिसीको फोरस्ट्रोक आयलकुल्ड इन्जिनको यस नयाँ टिभिएस आरटिआर १६०-४भीले स्पोर्ट्स मोडमा १७.५५ पिएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ। त्यसैगरी अर्बन वा रेनमोडमा यस बाइकले १५.६४ पिएस पावर र १४.१४ एनएम टर्क जेनेरेट गर्छ।
यस मोटरसाइकलको स्पोर्ट्स मोडको उच्च गति ११४ किलोमिटर प्रतिघन्टा छ भने अर्बन वा रेन मोडको उच्च गति १०३ किलोमिटर प्रतिघन्टा छ।
यसैगरी यसमा एसएमएस अलर्ट, क्र्यास अलर्ट, लिन एंगल मोड, लो फ्युल वार्निङ र असिस्ट, टर्न बाइ टर्न नेभिगेसन, रेस टेलिमेट्री लगायतका स्मार्ट फिचर समावेश छन्।
५ स्पिड गियर बक्स रहेको यस मोटरसाइकलको इन्धन क्षमता १२ लिटर रहेको छ।
यसको लम्बाइ २०३५ एमएम, चौडाइ ७९० एमएम, उचाइ १०५० एमएम छ भने १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ। यो रातो, निलो र कालो गरी तीन वटा रङमा उपलब्ध छ।
योबाइकको नेपाली बजार मूल्य भने तीन लाख ७९ हजार ९ सय रूपैयाँ छ।