यती एअरलाइन्सले यात्रुहरूको लागि सस्तो टिकट उपलब्ध गराउन क्यासब्याक अफर ल्याएको छ।
एअरलाइन्सको विभिन्न गन्तब्यहरूको टिकट मोबाइल एप वा वेबसाइट मार्फत् खरिद गर्दा तीन सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको क्यासब्याक हुने एअरलाइन्सले जनाएको छ।
एअरलाइन्सले डिजिटल वालेटहरूसँगको सहकार्यमा 'डिस्काउन्ट पनि, क्यासब्याक पनि' अफर ल्याएको र यो हालसम्मकै धेरै धनराशिको क्यासब्याक भएको एअरलाइन्सको दाबी गरेको छ।
भदौ १८ गतेदेखि ३० गतेभित्र मोबाइल एप वा वेबसाइटबाट टिकट खरिद गर्दा यात्रुहरुलाई अब टिकट सस्तो पर्ने बताइएको छ।
एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले हवाई इन्धनमा भएको मूल्य वृद्धि तथा विमानस्थल सेवा शुल्कमा भएको परिवर्तनले टिकटको मूल्य बढेको अवस्थामा यो अफरले केही मात्रामा भए पनि यात्रुहरूलाई राहत दिने बताए।
यो अफरको प्रभावकारिताका आधारमा भदौ ३० पछि पनि योजनालाई निरन्तरता दिन सकिने बर्तौलाले जानकारी दिए।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यो अफर ल्याइएको एअरलाइन्सले जनाएको छ।
यस अफरअन्तर्गत, फ्लाइट बुकिङमा एक हजार रुपैयाँसम्मको रकम छुट र क्यासब्याक गरी तत्कालै तर अलग–अलग प्राप्त हुनेछ।
जसमा केही रकम बिलमा स्वतः घट्नेछ भने केही रकम बुकिङकर्ताको बालेटमा क्यासब्याक स्वरुप प्राप्त हुने कम्पनीले बताएको छ।