हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०७८' का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।
उक्त अफरका विजेता लोकेश बज्रचार्यलाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले संयुक्त रूपमा हुन्डाई आई २० हस्तान्तरण गरेका हुन्।
उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले तीन लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत एक जना विजेतालाई हुन्डाई आई २० जित्ने मौका थियो।
उक्त अफरको विजेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्र मार्फत २०७९ भदौ ९ गते गरिएको हो।
उक्त योजना २०७८ भदौ २४ गतेदेखि कार्तिक ३० गतेसम्म लागु गरिएको थियो ।