बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित योजना सर्वजनिक गरेको छ।
कम्पनीले ग्राहकहरूका लागि 'बजाज आधाको आधा' नामक ग्राहक योजना ल्याएको हो।
जस अन्तर्गत ग्राहकहरूलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात् २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाइक लैजान सक्ने सुविधा दिइएको छ।
यस योजना अन्तर्गत हरेक बाईकको खरिदमा सात हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीले बताएको छ।