हुन्डाइका गाडीहरू नेपाली उपभोक्ताहरूमाझ लोकप्रिय छन्।
नेपालको लागि हुन्डाइ मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो।
कम्पनीले हुन्डाइका विभिन्न उत्पादनमध्ये 'औरा' लाई नेपाली ग्राहकहरूको 'भाइब्रेन्स अफ पोजिटिभिटी' र 'स्पिरिट टु गो द डिस्टेन्स' द्वारा परिभाषित गरेको छऽ
यो स्टाइलिस सेडान शक्तिशाली र सुविधायुक्त भएकाले पुरानो गाडी फेर्ने वा नयाँ गाडी किन्नेका लागि औरा राम्रो रोजाइ हुने कम्पनीको भनाइ छ।
'यसको उत्कृष्ट डिजाइनले हुन्डाइको विशिष्ट 'सेन्सियस स्पोर्टनेस' शैली व्याख्या गर्दै आधुनिक र आकर्षक शैली व्यक्त गर्छ,' कम्पनीले भनेको छ।
हुन्डाइ औराको अगाडिको भागमा ट्विन बुमर्याङ रनिङ लाइटको साथै प्रिमियम सटिन फ्रन्ट ग्रिल र प्रोजेक्टर फग ल्याम्प डिस्प्ले छ।
त्यस्तै यसमा प्रयोग भएको आर१४ डायमन्ड कट टाइप अलोय ह्विलले यसको साइड प्रोफाइल आकर्षक देखाएको छ। यसको ग्राउन्ड क्लियरेन्स १६५ मिमी छ। फराकिलो र बलियो बम्पर डिजाइन, एलइडी टेल ल्याम्प र स्टाइलिस ३- डाइमेन्सनल आउटर लाइन्सका साथ औराको पृष्ठभागको आकार भिन्न छ।
ट्रंकको ढोकामा क्रोम स्ट्रिप र ग्लसी ब्ल्याक र्यापले यसलाई आफ्नो यही सेगमेन्टका गाडीभन्दा आकर्षक बनाएको कम्पनीको भनाइ छ।
कम्पनीले भनेको छ, 'आकर्षक रूप, सवारीको सहज अनुभव र आधुनिक प्रविधिको सन्तुलित संयोजन हुन्डाइ औरामा पाइन्छ।'
कम्पनीका अनुसार उत्कृष्ट ड्राइभिङ प्रदर्शन र गतिशीलताले औरा चलाउँदा सहज अनुभव हुन्छ। यसमा १.२लि कप्पा डुअल भिटिभिटी पेट्रोल इन्जिनले ६ हजार आरपिएममा ८३ पिएस पावर र ४००० आरपिएममा ११.६ केजिएम दक्षता प्रदान गर्छ। औरा आफ्नो सेगमेन्टमा इन्धन कम खपत गर्ने गाडीमध्ये पर्छ।
हुन्डाइले आजको बजारको आवश्यकता अनुरूप उत्पादनहरू क्युरेट गर्दै आएको छ। सोही कुरा औराको आरामदायी र सहज विशेषताहरूमा स्पष्ट देखिने कम्पनीले जनाएको छ।
यसको आरामदायी क्याबिन, ग्लोब बक्स कुलिङ, कप होल्डरसहितको रियर सेन्टर आर्मरेस्ट, एड्जसटेबल रियर हेडरेस्ट, रियर एसी भेन्टस्, किलेस इन्ट्री, स्टेरिङ ह्विल माउन्टेड कन्ट्रोलस, उत्कृष्ट ४०२ लिटरको बुट स्पेस र अन्य विशेषतासहित औराको सम्पूर्ण क्याबिन प्रिमियम र व्यावहारिक बनाइएको छ।
हुन्डाइ औरा एकीकृत ६५% एएचएसएले डिजाइन गरिएकाले संरचना हलुका भए पनि बनावट बलियो भएको कम्पनीको भनाइ छ।
नेपाली बजारमा औराको सुरूआती मूल्य ३६ लाख ५६ हजार रूपैयाँ छ।