हुन्डाई नेपालले 'बी (भी) द चेन्ज'अभियानअन्तर्गत पचली भैरव, मन्दिर, टेकुमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरिएको थियो।
हुन्डाईको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा स्कुल र मन्दिर परिसरमा रङ समेत लगाइएको थियो।
कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा समुदायको आवश्यकतालाई हेरेर सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो।
हुन्डाईको 'बी (भी) द चेन्ज'हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याइएको कार्यक्रम हो।
जसमा 'बिई (भी)' को अर्थ आजको दिनमा कार्बन न्युट्रालिटिको पर्याय नै बनेको 'ब्याट्री इलेक्ट्रिक भेहिकल' हो भने 'बी (भी) द चेन्ज' परिवर्तनको सुरुवात आफैबाट भन्ने अवधारणा हो।
यस अभियान अन्तर्गत यही महिनाको सुरूवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण पनि गरिएको थियो।
साधारण सवारी साधनहरूको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्न गरिएको उक्त कार्यक्रममा ४० भन्दा बढी विद्युतीय गाडीका ग्राहकसँगै १५० भन्दा बढिको उत्साहजनक सहभागिता रहेको थियो।
आगामी दिनमा पनि कम्पनीले यस अभियानअन्तर्गत पर्यावरण र दिगोपन सम्बन्धी अन्यकार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने कार्यक्रम गर्ने बताएको छ।