हुन्डाइ अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहार र छठलाई लक्षित गर्दै 'हुन्डाइ फेस्टिभ डिलाइट २०७९' योजना सार्वजनिक गरेको छ।
यो योजना भदौ ३० गतेदेखि सुरू भएको कम्पनीले बताएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले पाँच लाखसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत् थप एक लाख ५० हजारसम्मको नगद छुट पनि पाउन सक्नेछन् ।
साथै यस योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन्।
सबै हुन्डाइ गाडीहरू ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुने कम्पनीले बताएको छ।
लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपालभरी १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।