बससेवा डटकमले दशैंका लागि अग्रिम टिकट बुकिङ सुरू गरेको छ ।
यात्रुहरूले नेपालका कुनै पनि गन्तव्यका लागि मोबाइल मार्फत सहजै टिकट काट्न सक्नेछन्।
साथै दशैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन्।
बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट टिकट बुकिङ गर्न सक्ने बताइएको छ।
यात्रुहरूले १ असोजदेखि मोबाइलबाट आफ्नो गन्तव्यको टिकट काट्न सक्नेछन्।
बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बससेवाको सिस्टममा पर्याप्त टिकटको व्यवस्था भएकाले घरबाटै टिकट बुकिङ गरी सहज रूपमा यात्रा गर्न अनुरोध गरे।
अनलाइनबाट टिकट काट्न ई–सेवा एकाउन्ट भएका ग्राहकले सिधै मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको ई–सेवा जोन तथा पोइन्टबाट टिकट काट्न सक्ने उनले बताए।
मुलुकभर रहेका इसेवाका १ लाख ५० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट समेत टिकट काट्न सकिने बताइएको छ।
त्यस्तै, खल्ती, आईएमईपेका एजेन्ट नेटवर्कका साथै हरेक बैंकका मोबाइल बैंकिङमार्फत समेत टिकट काट्न सकिने जनाइएको छ।