दुईपांग्रे सवारी साधन कम्पनी टिभिएसले सुर्खेत जिल्ला 'अपाचे ओनर ग्रुप' (एओजी) रोमान्चक राइड संस्करणको आयोजना गरेको छ।
असोज १ गते सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टेहोटल भ्याली भ्यूसम्म आयोजित उक्त राइडमा ३५ जना राइडरले सहभागिता जनाएका थिए। राइडमा भ्लगर प्रज्वल बस्नेत र रूपेश विक लगायतको सहभागिता थियो।
सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा उनीहरूले खुसी व्यक्त गरे। राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारी समेत मिलेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा मन्तव्य राख्दै विकले भने, 'यो हाम्रो लागि गर्वको कुरा हो। पश्चिम नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ। यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु।'
टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्याप्टर, धनगढीमा सम्पन्न गरिसकेको छ।
'यो अभियानमा सहभागीहरूले यसलाई मनपराएका छन्। यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान छ,' कम्पनीले भनेको छ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो।
कम्पनीको नेपालभर १४० भन्दा बढी डिलर छन्।