गत बिहीबारदेखि सुरू भएको नाडा इभी एक्स्पोमा ग्राहकको उत्साहजनक सहभागिता रहेको छ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा नेपालकै पहिलो नाडा इभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरू प्रदर्शनीमा राखिएको छ।
जसमा टिगोर इभी, नेक्सन इभी डार्क तथा नाडा इभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन इभी प्राइम पनि छ।
एक्सपोको पहिलो दिन नाडा इभी एक्स्पोको उद्घाटनसँगै नेक्सन इभी प्राइम सार्वजनिक गरिएको आयोजकले बताएको छ।
'न्यु फरेभेर' को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम र ११० सेकेन्डको चार्जिङ टाइम आउट जस्ता विशेषताहरू रहेको कम्पनीले बताएको छ।
एक्स्पोमा इभी गाडी हेर्न आएका ग्राहकहरूले गाडीको प्रविधि र बिक्री पछिका सेवा सुविधाबारे जानकारी लिनुका साथै चार्जिङ एप, चार्जिङ स्टेसन, चार्जर र सर्भिसिङबारे जिज्ञासा राखेको सिप्रदीका कर्मचारीहरूले बताए।
काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा आयाेजना गरिएकाे एक्स्पाेमा विभिन्न ब्राण्डका दुई पांग्रे तथा चार पांग्रेलगायत अटो पार्ट्सका स्टलहरू राखिएका छन्।