भारतको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन कम्पनी ओला इलेक्ट्रिकले बिहीबार सिजी मोटर्ससँगको साझेदारीमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ।
एमओयुअन्तर्गत ओला इलेक्ट्रिकले नेपालमा आफ्ना उत्कृष्ट ओला एस१ स्कुटर (एस१ र एस१ प्रो) सार्वजनिक गर्ने भएको छ।
यो साझेदारीले नेपाल सरकारको २०३१ सम्ममा देशलाई हल्का विद्युतीय सवारी साधनमा रूपान्तरण गर्ने लक्ष्यलाई अगाडि बढाउने विश्वास कम्पनीले लिएको छ।
ओला एस१ स्कुटरहरू आगामी त्रैमासिकदेखि नेपालमा उपलब्ध हुने बताइएको छ।
सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले ओलासँगको साझेदारी सीजी मोटर्स र नेपालको इभी क्षेत्रका लागि महत्वपूर्ण कोसेढुंगा भएको बताए।
'ओला एस१को अत्याधुनिक टेक्नोलोजी र सुविधाहरू सहित विश्वकै उत्कृष्ट स्कुटर हो र हामी संयुक्त रूपमा यो उत्कृष्ट उत्पादनलाई विद्युतीय यात्रा गर्न चाहने नेपाली उपभोक्ताहरूसमक्ष पुर्याउने प्रयास गर्छौं। हाम्रो राष्ट्रव्यापी बिक्री र समर्थन नेटवर्कद्वारा समर्थित हामी नेपालमा दुई पांग्रे सवारीको नम्बर १ ब्रान्ड बन्ने परिकल्पना गर्छौं।' उनले भने।
ओला एस१ स्कुटरहरूलाई उनीहरूको प्रिमियम डिजाइन, उत्कृष्ट प्रदर्शन, उत्कृष्ट श्रेणी सुविधाहरू र भारतमा नयाँ युगसँग जोडिएको प्रविधिको लागि प्रशंसा गरिएको छ।
यसको वर्गमा सबैभन्दा उन्नत स्कुटरहरूमध्ये एकको रूपमा राखिएको छ।
दुवै स्कुटरमा लोकप्रिय मुभओएस सुविधाहरू जस्तै म्युजिक प्लेब्याक, नेभिगेसन, कम्प्यानियन एप, र रिभर्स मोड, हाइपर मोड पाइने कम्पनीले बताएको छ।