सिप्रदियन सहायता संस्थाद्वारा महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका र पोखारा गरी १९ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ।
दसैं मनाउन उपत्यका छोड्ने यात्रुहरूको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, स्वयम्भू, चाबहिल, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरू गरिएको छ।
यस्तै उपत्यका बाहिर बनेपा, धुलिखेल र काभ्रे भञ्ज्याङ र पोखरा का दुई स्थानमा पनि यात्रु सहायता कक्ष सुरू गरिएको छ।
विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएको छ त्यसैले यात्रुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्या नआओस् भनेर यो सेवा दिइएको कम्पनीले जनाएको छ।
उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महँगो टिकट मूल्य, टिकट नपाउने जस्ता गुनासो आइरहेकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष राखिएको हो।
यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धी सू-सुचित गर्न यात्रु सहायता कक्षले मनिटरिङ गर्नेछ।