उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिंदै आएको महानगर यातायातले थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा ल्याएको छ।
यसअघि महानगरले ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालन गरिरहेको थियो। असोज १६ गते घटस्थापनाको अवसर पारेर १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस थपेर सञ्चालन ल्याएको हो।
सिप्रदी ट्रेडिङका प्रमुख प्रबन्धक कृष्ण चन्द्रबाट प्राप्त जानकारीअनुसार टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्स पावरको शक्तिशाली इन्जिन छ। हाइ व्याक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिंग सस्पेन्सन सुविधा गाडीमा छ। जसमा आरामदायी यात्रामा सहज हुने कम्पनीको दाबी छ।