नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टिभिएस ग्रेट ग्रान्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ गर्ने भएको छ।
उक्त मेलामा उपभोक्ताले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको बाइक तथा स्कुटर लिन सक्नेछन्।
बजार मुल्याङ्कन भन्दा सात हजार बढी रूपैयाँ दिइने कम्पनीले जानकारी दिएको छ। साथै, उपभोाक्ताले साधन खरिद नगर्दा १ लाख र खरिद गर्दा १० लाख सम्मको नगद छुट पाउँने छन्।
यो योजनामा आकर्षक आर्थिक अफर पनि समावेश छ। जस अन्तर्गत न्यूनतम २५ प्रशितश डाउनपेमेन्ट र चार हजार दुई सय ७७ को ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ।
यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन्।
यो मेला असोज ३१ बाट कार्तिक ५ गतेसम्म भृकुटीमण्डपमा लाग्ने छ।
जगदम्बा मोटर्स नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो।
कम्पनीको नेपालभर एक सय ४० भन्दाबढी डिलरहरुमार्फत उपभोक्तालाई सेवा दिइरहेको छ।