सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका ६ सय १० र नम्बर प्लेट माथितिर फर्काउने ४१ दुईपांग्रे सवारी चालकलाई शुक्रबार कारबाही गरिएको छ।
यस्तै ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको प्रहरीले एक सूचना जारी गरी जनाएको छ।
शुक्रबार गरिएको विशेष जाँच अभियानमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्लेटमा स्पष्ट रूपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट माथितिर फर्काएर राख्ने दुईपांग्रे सवारीका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्ट रूपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारीको अगाडि र पछाडि राख्न अनुरोध गरे।