यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई एक सय ९८ थान स्मार्ट लाइसेन्स रिडर मेसिन हस्तान्तरण गरेको छ।
स्मार्ट कार्ड रिडर पहिलो पटक ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले सेतोपाटीलाई जानकारी दिए।
विभागले सूचना तथा प्रविधि आयोजना अन्तर्गत ८४ लाख १८ हजार ९६ रुपैयाँ बराबरको २०० थान स्मार्ट कार्ड रिडर र २०० थान स्याम कार्ड प्राप्त गरेको थियो।
यसअघि स्मार्ट कार्ड रिडर नहुँदा कार्ड तथा बाहकहरूको पहिचानमा निकै असहज थियो। अब भने ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ।