टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङले ग्राहकका लागि टाटा प्रोटेक्टमा अझै थप सेवा तथा सुविधाहरू विस्तार गरेको छ।
सम्पूर्ण टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उद्देश्यले थप सुविधा ल्याएको कम्पनीले बताएको छ।
मंगलबार कम्मपनीले एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गत थप सेवा तथा सुविधाहरूको शुभारम्भ गरेको हो।
उक्त अवसरमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरू प्रदान गर्नु रहेको बताए।
ग्रहाकको आकांक्षा बमोजिम टाटा प्रोटेक्ट अन्तर्गतका सेवा तथा सुविधाहरूले ग्राहकलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने र ग्रहकहरूलाई ढुक्क भइ आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्ने उनको भनाइ छ।
टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेसनल विजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेहिकल विजनेस अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्व स्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरूको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रवर्द्र्धनमा पनि सहयोग मिलेको उनले बताए।
त्यस्तै, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले कार्यक्रममा सहभागीलाई धन्यवाद दिँदै सधै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे।
टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्युइन पार्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरू समावेश रहेका र उक्त सेवा तथा सुविधाहरू सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूबाट उपलब्ध हुने कम्पनीले बताएको छ।
मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन् जसमा ग्राहकहरूको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिने बताइएको छ।
टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्टसहरूमा ६ महिना वा ५० हजार किमीसम्मको वारेन्टी सुविधा रहेको छ। एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्ने र नभएमा क्षतिपूर्तीको व्यवस्था गर्ने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार टाटा जिप्पी अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुने, नभएमा क्षतिपूर्तीको व्यवस्था रहेका छ।
टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरू ६० दिनमा तयार हुने र साथमा नगद रहित बीमा दाबी सुविधाहरू पनि रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार टाटा अलर्ट अन्तर्गत कम्पनीले तोकेका हाइवे करिडोरहरूमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टाभित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टाभित्र गाडी तयार पारिदिने ग्यारेन्टी रहेको छ।