होन्डाले नयाँ स्क्रयाम्बलर बाइक सार्वजनिक गरेको छ। कम्पनीले इटालीमा भइरहेको वार्षिक मिलान मोटरसाइकल सो इआइसिएमएमा नयाँ स्क्रयाम्बलर सिएल५०० सार्वजनिक गरेको हो।
होन्डाले उक्त सोमा सिएल५०० सँगै अन्य मोडलका बाइकहरू पनि सार्वजनिक गरेको विभिन्न सञ्चार माध्यमहरूमा उल्लेख छ।
नयाँ स्क्रयाम्बलर सिएल५०० ले होन्डाको सिएल ब्याज मोडलको झल्को दिन्छ। यसको अगाडि भागमा गोल आकारको एलइडी हेडल्याम्प छ भने सँगै गोल आकारकै इन्स्ट्रुमेन्ट क्लस्टर छ। बाइकको पछाडिको भाग पृथक छ। यसमा सिट उचाई ७९० एमएम दिइएको छ। बाइकको ग्राउन्ड क्लेरेन्स भने जम्मा १५५ एमएम दिइएको छ।
सिएल५०० मा स्टेनलेस स्टिल हिट गार्ड पाउन सकिन्छ भने यसको ह्यान्डलबार पनि अन्य बाइकको तुलनामा अलि माथि दिइएको छ। यसको कुल तौल १९१ केजीको छ।
नयाँ स्क्रयाम्बलर सिएल५०० मा ४७१ सिसीको लिक्विड-कुल्ड, प्याररल-ट्विन ग्यासोलिन इन्जिन जडित छ। जसले ८,५०० आरपिएममा ४६ एचपी र ६,२५० आरपिएममा ४३.४ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिड गियर बक्स दिइएको छ। बाइकको अगाडिको टायर १९ इन्च र पछाडिको टायर १७ इन्चको हुने बताइएको छ। यसमा १२ लिटरको फ्युल ट्याङ छ।
कम्पनीका अनुसार सिएल५०० को डिजाइनिङ र पर्फमेन्स नयाँ पुस्ता लक्षित तयार पारिएको हो। त्यसैले यो बाइकले नयाँ पुस्तालाई आकर्षित गर्नेमा होन्डा सकारात्मक छ।
भारतमा मात्रै सिएल५०० को बजार मूल्य ६ लाख भारु हुने अनुमान छ। त्यस्तै बाइक हरियो, सुन्तले रंग, निलो र कलो गरी विभिन्न रंग विकल्पमा उपलब्ध हुने अनुमान छ।