अटोमोबाइल क्षेत्रलाई विद्युतीकरण गर्ने लक्ष्यसँगै विश्व बजारको थुप्रै कम्पनीहरू विद्युतीय सवारी साधन निर्माणमा सक्रिय छन्। नेपाली बजारमा पनि यतिबेला विभिन्न ब्रान्डका दुई पांग्रे सवारी साधन उपलब्ध छन्।
इन्धनबाट चल्ने सवारी साधनमा भन्दा विद्युतीय सवारी साधनमा ग्राहकहरूको बढ्दो रूची रहेको व्यवसायीहरू समेत बताउँछन्।
नेपालमा करिब दुई दर्जन ब्रान्ड भित्रिसकेका छन्। त्यसमध्ये विद्युतीय दुई पांग्रे ब्रान्ड 'सुपर सोको'ले राम्रो बजार पाएको कम्पनी बताउँछ।
अष्ट्रेलियन ब्रान्ड सुपर सोको सन् २०२० मा नेपाल भित्रिएको हो। नेपालमा यसको बिक्री तथा वितरण डी-लाइफ स्टाइल प्रा.लिले गरेकाे छ। हाल बजारमा सुपर सोकोले तीन वटा मोडलको स्कुटर र ४ मोडलको बाइक बिक्री गर्दैछ।
नेपाली बजारमा सियुएक्स, सियू मिनी र सिपिएक्स मोडलको स्कुटर र टिसी, टिसी म्याक्स, टिसी वन्डरर्र र टिएस स्ट्रिट हन्टर बाइक उपलब्ध छन्। कम्पनीले टिसी वन्डरर्र र टिएस स्ट्रिट हन्टर गत असोजमा भएको 'नाडा इभी एक्स्पो २०२२' मा सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार बजारमा सियुएक्स मोडलको स्कुटर र टिसी मोडलको सिंगल ब्याट्री विकल्पको बाइक अत्याधिक रूचाइएको छ। सुपर सोकोका हरेक मोडलहरूमा कम्पनीले उत्कृष्ट फिचरहरू समावेश गरेको पाइन्छ।
सुपर सोकोका बाइक तथा स्कुटर किन्ने सोचमा हुनुहुन्छ? यस्तो छ सुरुआती मूल्यः
क्र.स. | मोडल | मूल्य |
१. | सियुएक्स (स्कुटर) | २,६९,९०० देखि २,७९,९०० |
२. | सिपिएक्स (स्कुटर) | ४,७९,९०० देखि ५,९९,९०० |
३. | सियू मिनी (स्कुटर) | १,८९,००० |
४. | टिसी (बाइक) | २,९५,९०० देखि ३,८९,९०० |
५. | टिसी वान्डरर्र (बाइक) | ३,८९,९०० देखि ४,८९,९०० |
६. | टिएस (बाइक) | ३,७९,९०० देखि ४,७९,९००, |
७. | टिसी म्याक्स (बाइक) | ४,८९,९०० |