यतिबेला बजारमा विद्युतीय सवारी साधनको चाप बाक्लो छ। निजी सवारी साधन प्रयोग गर्ने ग्राहकहरूको चासो इन्धनबाट चल्ने सवारी साधनमा भन्दा विद्युतीय सवारीमा बढ्दो देखिन्छ।
बजारमा थुप्रै विद्युतीय सवारी साधन निर्माण कम्पनीहरूले विभिन्न ब्रान्डका सवारी साधन सार्वजनिक गरिरहेको छ। थुप्रै कम्पनीमध्ये योमा मा ई-मोटर्स प्रा.लिले पनि विद्युतीय दुई पांग्रे (स्कुटर) भित्र्याइरहेको छ।
हाल कम्पनीले टेलजी ब्रान्डका स्कुटर बजारमा पुर्याइरहेको छ। विद्युतीय स्कुटर खरिद गर्ने सोच बनाउँदै हुनुहुन्छ भने टेलजी पनि राम्रो विकल्प हुन सक्छ।
हाल बजारमा टेलजीको 'टाइगर' मोडल उपलब्ध छ। कम्पनीले टाइगरको मूल्य दुई लाख १७ हजार तोकेको छ। ग्राहकहरूले यसमा १२ हजारसम्म छुट पाउन सक्ने कम्पनीको भनाइ छ। अर्थात् ग्राहकले यो स्कुटर दुई लाख पाँच हजार मै खरिद गर्न सक्छन्।
यस्तो छ टेलजी टाइगरको विशेषताः
- मोटर पावरः २५०० वाट
- अधिकतम पावरः ४००० वाट
- टप स्पिडः ५१ किलोमिटर प्रति घण्टा
- रेन्ज/माइलेजः एक पटकको पूरा चार्जमा १०० किलोमिटर
- ब्याट्री क्षमताः २३०० वाट- ७२भी/३२एएच
- ब्याट्री चार्ज हुन लाग्ने समयः ६ देखि ७ घण्टा
- कुल तौतः १३५ केजी
- ग्राउन्ड क्लेरेन्सः १३० एमएम
- वारेन्टी/ग्यारेन्टीः मोटरमा एक वर्ष ग्यारेन्टी, दुई वर्ष निःशुल्क ब्याट्री मर्मत
- अन्य विशेषताः एलइडी प्रोजेक्ट हेडलाइट,किलेस स्टार्ट,ट्युबलेस टायर,सेन्सर प्रविधि,एन्टी थेफ्ट प्रविधि,डिस्क ब्रेक
ग्राहकहरूले टेलजी टाइगरको खरिदमा निःशुल्क हेलमेट पनि पाउनेछन्। टेलजीले छिट्टै नयाँ मोडल 'लायन' पनि सार्वजनिक गर्दैछ। कम्पनीले सम्भवत अबको दुई महिनामा लायन मोडल सार्वजनिक गर्ने बताएको छ।